+
+
-- Sponsored Ad --

गण्डकी प्रदेशमा अझै ८ लाख पुस्तक पुगेनन्

537 पटक हेरिएको
Clock २०७९ जेष्ठ २३, सोमबार १९:३८
-- Sponsored --

पर्वत : गण्डकी प्रदेशमा अझै करिब आठ लाख पाठ्यपुस्तकको अभाव रहेको छ। नयाँ शैक्षिक सत्र सुरु हुने बेलामा नै विद्यार्थीको हातमा पुस्तक पुग्नुपर्ने भए पनि नयाँ शैक्षिक सत्र सुरु भएको एक महिना पुग्न लाग्दा पनि विद्यार्थीले पुस्तक पाउन सकेका छैनन्।

जनक शिक्षा सामग्री केन्द्र पोखराका प्रमुख जयराम अर्यालका अनुसार कक्षा चारदेखि नौसम्म गरेर उक्त सङ्ख्याका पाठ्यपुस्तकको अभाव रहेको हो। ‘जिल्लामा पुस्तक वितरण गर्ने स्टेशनरीहरूले यहाँ हैरान पार्नुभएको छ, मैले पनि माथि जतिसक्दो पठाउन त भनेको नै छु। तर, छापेका पुस्तकले नै नपुगेपछि कसरी जिल्लामा पठाउनु, अर्याल भन्छन्, ‘गण्डकीका १० जिल्लामा कक्षा चारदेखि १२ सम्म करिब १८ लाख पुस्तक चाहिन्छ। तर, अहिलेसम्म १० लाख जति बाँडिएको होला। माथिबाट आउँदासाथ यहाँ रोकेर राख्नुपर्ने त कुरै भएन।’

कक्षा चार, सात र नौ को पाठ्यक्रम परिमार्जन गरिएका कारण ती कक्षाका लागि देशैभरिका विद्यार्थीका लागि नयाँ  पुस्तक छाप्नैपर्छ। स्थानीय तहको निर्वाचनको लागि मतपत्र छपाइ र पछिल्लो समय कागजको समेत अभाव भएका कारण पनि पुस्तक छपाइमा समस्या भएको हो।

चार, सात र नौ बाहेकमा कक्षोन्नति भएका विद्यार्थीहरुले अघिल्लो वर्षाका विद्यार्थीका पुस्तक सहयोग मागेर काम चलाउँदै गरेका भए पनि पाठ्यक्रम परिमार्जन भएका कक्षाका विद्यार्थी बढी समस्यामा छन्।

कतिपय विद्यालयले केही सेट पुस्तकहरू हात परेपछि बाँकी माग पूरा गर्न फोटोकपी गरेर बाँडेको खबर पनि आफूले पाएको सामग्री केन्द्रका प्रमुख अर्यालको भनाइ छ। त्यसरी केही दिनका लागि काम चलाउन सकिने भए पनि धेरै विद्यार्थी भएका विद्यालयमा भने फोटोकपी गरेर बाँड्न पनि असम्भव छ।

‘न त फेरिएका कक्षामा पर्याप्त पुस्तक आएका छन न त अरू कक्षामा नै। कहीँ कहीँ गर्नुभएको होला, तर हाम्रोमा करिब १४ सय विद्यार्थी छन कतिलाई बाँड्ने?’ पर्वत सदरमुकाम कुश्माको नारायण माध्यमिक विधालयका प्रधानाध्यापक गोविन्द प्रसाद पोखरेल भन्छन्, ‘चार, सात र नौ मा मात्र होइन कि अरू कक्षामा पनि समस्या उस्तै छ। नयाँ शैक्षिक सत्रको एक महिनासम्म पनि पुस्तक नआउनु कति दुःखद कुरा हो।’

सामग्री केन्द्र पोखराका अनुसार कक्षा ६ का लागि आवश्यक ३० हजार सेटमध्ये करिब १५ हजार, कक्षा ७ का लागि आवश्यक ३५ हजारमध्ये करिब १७ हजार, कक्षा ८ का लागि आवश्यक ३० हजारमध्ये करिब १८ हजार र कक्षा ९ का लागि आवश्यक ३५ हजारमध्ये करिब १७ हजार पुस्तक वितरण गर्न बाँकी रहृका छन्। यो तथ्याङ्क गण्डकी प्रदेशका १० जिल्लाको मात्र हो। नवलपरासी बर्दघाट सुस्ता पूर्वमा भने चितवनको केन्द्रबाट पुस्तक वितरण हुने गरेको छ।  

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win