0 प्रतिक्रिया
आँबुखैरेनीमा सडक भासियो, दुईतर्फी यातायात अवरुद्ध
२७ जेठ, तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं. ४ ड्याम नजिक सडक भासिएको छ ।
गएरातिदेखि परेको अबिरल वर्षाको कारण करिब २० मिटर सडक भासिएपछि दुईतर्फी नै यातायात बन्द भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका अनुसार कारसहित केही सवारी साधन मर्स्याङ्दी नदीमा खसेको अनुमान गरिएको छ । ट्राफिक प्रहरी प्रमुख गोकर्ण नेपालले भने, ‘गएरातिदेखि परेको अविरल वर्षाले सडक भासिएर नदीमा पुगेको छ । केही सवारी साधन पनि खसेको हुनसक्ने अनुमान गरिएको छ । तर मानवीय क्षति भएको छ कि छैन एकिनका साथ भन्न सकिन्न ।’
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



