+
+
-- Sponsored Ad --

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक घाइते

381 पटक हेरिएको
Clock २०७९ श्रावण ४, बुधबार १४:४८
-- Sponsored --

कपिलवस्तु । यात्रुबाहक बसको ठक्करबाट जिल्लामा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बुद्धभूमि नगरपालिका–९ चम्मापुरमा पश्चिमबाट पूर्व आउँदै गरेको बा ५ ख ९३५० नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको रा ७ प ३५९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट मोटरसाइकल चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–९ का ३० वर्षीय सुशील केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते केसीलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा ल्याउँदै गर्दा मृत्यु भएको हो । मोटरसाइकलमा पछाडि सवार मृतककी १७ वर्षीया बहिनी कुष्मा घाइते भएकी छन् । उनलाई थप उपचारका लागि बुटवल पठाइएको छ ।

ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय, गोरुसिंगेको नियन्त्रणमा छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win