+
+
-- Sponsored Ad --

मुग्लिन–आँबुखैरेनी सडकमा चार दिन ठूला सवारी नचल्ने

315 पटक हेरिएको
Clock २०७९ जेष्ठ २७, शुक्रबार १५:२०
-- Sponsored --

२७ जेठ, काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरेनी सडक खण्डमा एकतर्फी रुपमा साना सवारी चल्न थालेका छन् । सडक विभागले भित्तातर्फको भाग काटेर विहान ११ बजेदेखि साना सवारी पास हुने व्यवस्था गरेको हो ।

तर, यो सडक खण्डमा ठूला सवारी पास हुन करिब ४ दिन लाग्ने भएको छ । विभागका महानिर्देशक अजुर्नजंग थापाका अनुसार सडक भासिएको ठाउँमा ठाडो भीर छ । जहाँ कडा चट्टान भएकाले भित्ततर्फको भाग काटेर सडक बनाउनुपर्ने अवस्था छ ।

‘हामीसाग यस्तो अवस्थामा छिटो काम गर्ने प्रविधि छैन, अब ठूला बस ट्रक पास हुन करिब ३ देखि ४ सदिन लाग्छ,’ उनी भन्छन्, ‘भित्तातर्फको भाग काटेर बाटो दुईतर्फी चलाउँछौं ।’

उनका अनुसार केही सो सडकब भएर ठूला यात्रुबाहक र मालबहाक सवारी आवातजावत गर्न पाउने छैनन् ।

सो स्थानमा गएको पहिरामा पुरिएका २ जनाको शव भेटिएको छ । राति सडक नै टुट्ने गरी पहिरो जाँदा कार र मोटरसाइकल नदीमा खसेको थियो ।

पहिरोमा बा १० च ४६४९ नम्बरको कार र बा ३३ प १०८१ नम्बरको मोटरसाइकल पुरिएको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win