+
+
-- Sponsored Ad --

१४.६४ अंकले घट्यो सेयर बजार

424 पटक हेरिएको
Clock २०७९ जेष्ठ २७, शुक्रबार १६:४९
-- Sponsored --

२७ जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार १४.६४ अंकले घटेको छ । बुधबार बढेको बजार बिहीबार र शुक्रबार लगातार घटेको हो । शुक्रबार कारोबार रकम भने १ अर्ब भन्दा कममा सीमित भएको छ । शुक्रबार बजार २०४८.१६ बिन्दुमा पुगेर रोकिएको छ । यस दिन कुल २२९ कम्पनीको १८ हजार ६१७ वटा कारोबारबाट ३० लाख ४५ हजार ८३८ कित्ता सेयर किनबेच भएको छ ।

शुक्रबार कारोबार रकम भने ८९ लाख ४१ हजार २४ हजार ११४ रुपैयाँ कायम भएको छ । शुक्रबार सबै उपसमूहको मूल्य घट्दा सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन क्षेत्रका लगानीकर्ताले गुमाए ।

शुक्रबार उपकार लघुवित्त वित्तीय संस्था र ग्रीन भेन्चर लिमिटेडको मूल्यमा पोजेटिभ सर्किट लाग्यो । बलेफी हाइड्रोको मूल्य समेत ९.९८ प्रतिशतले बढेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था, युनिलिभर नेपाल, युनाइटेड आइडीआइ मार्दीसहितका कम्पनीको मूल्य बढी घटेको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win