गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ पदमुक्त, प्रदेश सरकार अब कामचलाउ

जेठ २७, कास्की,

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत प्राप्त गर्न असफल भएसँगै मुख्यमन्त्री गुरुङ पदमुक्त भएर कामचलाउ सरकारको प्रमुख बन्नुभएको छ ।

बिहिबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकोमा पक्षमा २७ मत मात्रै प्राप्त गर्नुभयो । ६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक थियो । मतपरिणाम सुनाउँदै सभामुख नेत्रनाथ अधिकारीले पक्षमा २७, विपक्षमा ३० र एक जना मतदानमा सहभागी नभएको जानकारी दिनुभयो ।

स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङे मतदानमा अनुपस्थित हुनुभयो । एमालेका २७ सांसदले पक्षमा मत दिएका छन् । नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनता समाजवादी पार्टीका दुई जना र राष्ट्रिय जनमोर्चाका दुई जना सांसदले विपक्षमा मतदान गरेका हुन् । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा भने तटस्थ रहनुभयो ।

गएको वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त हुनुभएका गुरुङले संवैधानिक प्रावधानअनुसार बिहिबार विश्वासको मत लिने प्रयास गर्नुभएको थियो ।

अब संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । एमालेबाहेकका अरू दलको गठबन्धन रहेकाले जनमोर्चाका कृष्ण थापा या स्वतन्त्र सदस्य राजीव गुरुङले साथ दिएमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने निश्चित देखिएको छ ।

प्रदेशसभाको बिहीबार बसेको बैठकमा गुरुङले भने विश्वासको मतसम्बन्धी प्रस्ताव विफल भएमा संविधानअनुसार अघि बढ्ने बताउनुभएको थियो । संघीय सरकारले झैं गण्डकी प्रदेश सरकारले पनि मध्यावधि निर्वाचनको घोषणा गर्ने त होइन भन्ने आशंका बढिरहेका बेला मुख्यमन्त्री गुरुङले प्रदेशसभाको विश्वास गुमाउनुभएको हो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २, बुधबार १९:१०
    • 7 views
    दलित जागरण अभियानको केन्द्रीय सभारण सभा नवलपुरमा हुने

    नवलपुर, माघ २ गते । दलित जागरण अभियान नेपालको दशौं केन्द्रीय साधारण सभा नवलपुरमा हुने भएको छ । नवलपुरको देवचुलीस्थित बरचुली माविको प्राङ्गढमा माघ १८ गते दशौं साधारण सभा तथा बृहत…

    विस्तृत.....

    • २०८१ माघ २, बुधबार १९:०८
    • 7 views
    जिल्ला प्रहरी कार्यालय सेरोफेरोमै श्रृङ्खलावद्द चोरीका घटना, के भन्छ प्रहरी प्रशासन ?

    कावासोती ।  जिल्ला सदरमुकाम कावासोतीमा चोरीका घटना बढ्न थालेपछि नवलपुर उघोग बाणिज्य संघले प्रहरीको ध्यानाकर्षण गराएको छ । नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष बैकुण्ठ प्रसाद अर्याल नेतृत्वको टोलीले जिल्ला प्रहरी…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *