+
+
-- Sponsored Ad --

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएन वायुसेवा सञ्चालकको आकर्षण

461 पटक हेरिएको
Clock २०७९ जेष्ठ २८, शनिबार १६:२१
-- Sponsored --

काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा सञ्चालन गर्ने विषयमा अधिकांश वायुसेवा सञ्चालकहरू अझै टुङ्गोमा पुग्न नसक्दा विमानस्थलकै भविष्य अन्योलमा परेको छ ।

सञ्चालनमा आएको महिनादिन बित्न लाग्दासमेत कुवेतको जजीरा एअरवेजबाहेक अन्य कम्पनीले उडानमा चासो देखाएका छैनन् । जजीराले एक सातामा तीनवटा उडान भर्दै आएको छ ।

जजीराले सातै दिन विमान उडाउने योजना पनि बनाएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । तर त्यसबाहेक अन्य वायुसेवा सञ्चालकहरू भने अझै पर्ख र हेर कै रणनीतिमा छन् ।

अधिकारीहरूका अनुसार भैरहवास्थित विमानस्थलबाट सेवा सुरु गर्न वायुसेवा सञ्चालकहरू इच्छुक रहे पनि त्यसबारे सम्झौता हुन सकेको छैन ।

जजीराबाहेक एअर अरेबियाले जुन १५ तारिख आसपास उडान सुरु गर्ने योजना बनाएको जनाएको थियो । तर, औपचारिक रूपमा उसले उडान सञ्चालनको प्रक्रिया अघि बढाइसकेको छैन ।

फ्लाइ दुबई र सलाम एअरले पनि उडानका लागि चासो व्यक्त गरेको भए पनि प्रारम्भिक छलफल धेरै अघि बढ्न सकेको छैन ।नेपाल वायुसेवा निगमले समेत भैरहवाबाट उडान थाल्ने विषयमा ठोस पहल सुरु गरेको छैन ।

नयाँ विमानस्थलमा कम्पनीहरूलाई आकर्षण गर्नका लागि सरकारले विभिन्न छुटको समेत व्यवस्था गरेको छ । तर, त्यसले पनि सेवा प्रदायकहरूलाई औपचारिक प्रक्रिया अघि बढाउनका लागि प्रेरित भने गर्न सकेको छैन ।

जजीरा एअरलाइन्सबाट भैरहवा–कुवेत उडानमा पछिल्ला केही दिनमा औसतमा १ सय ५० यात्रु र कुवेत–भैरहवा उडानमा १ सय १५ को हाराहारीमा यात्रु रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ ।

जजीराले समेत उडानमा घाटा बेहोरिरहेको भन्दै ग्राउन्ड ह्यान्ड्लिङमार्फत् नेपाल वायुसेवा निगमले उठाउँदै आएको शुल्कमा छुटको आवश्यकता औंल्याएको छ ।

वायुसेवा सञ्चालकहरूले भैरहवास्थित नयाँ विमानस्थलमा धेरै चासो नदेखाउनुको एउटा कारण काठमाण्डुबाटै सहज रूपमा यात्रु पाउनु पनि रहेको अधिकारीहरू बताउँछन् ।

त्यसबाहेक नयाँ गन्तव्यबाट उडान थाल्न थुप्रै प्राविधिक पक्ष पनि छिचोल्नुपर्ने हुन्छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win