+
+
-- Sponsored Ad --

४ लाख मेट्रिक टन मल तत्काल चाहियो : सांसद अधिकारी

471 पटक हेरिएको
Clock २०७९ जेष्ठ ३०, सोमबार १६:२७
-- Sponsored --

३० जेठ, काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले भारतबाट ल्याउने भनिएको जीटूजीको मल आइपुग्ने सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् ।

संसदमा नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले दर्ता गरेको रासायनिक मल अभावसम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उनले ४ लाख मेट्रिकटन मल तत्काल उपलब्ध गराउन माग गरे ।

किसानलाई तत्काल मल आवश्यक भएको भन्दै उनले सम्झौताको मल कहिले आइपुग्छ भन्ने सुनिश्चित हुनुपर्ने माग गरे । उनले भने, ‘भारतसँग सम्झौता गरेको भनेको मल कहाँ छ ? कहिले आइपुग्छ ? कि भदौ-असोजतिर आउने हो ?’

नेपाललाई वार्षिक १० लाख मेट्रिक टन खाद्यान्न अभाव भएको भन्दै अधिकारीले यस पटकको मल अभावले उत्पादन घट्ने बताए । विश्व खाद्य संकटको पूर्वसन्ध्यमा मल अभाव भएर उत्पादन घटे सरकारले आगामी संकट चिर्न सक्ने पनि उनले बताए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win