निर्माणाधीन सेफ्टी टयाङकीमा बेहोस भएर लडेका तीन जना मजदुरको उपचारको क्रममा मृत्यु
कावासोती । निर्माणाधीन सेफ्टी टयाङ्कीमा काम गर्ने क्रममा बेहोस भएका तीन जना मजदुरको मृत्यु भएको छ ।
विनयी त्रिवेणी गाउँपालिका-७ रानिनगरमा रहेको भोला सिंह क्षेत्रीको निर्माणधिन अवस्थामा रहेको घरको ट्वाईलेटको सेफ्टी ट्यांकी भित्र काम गर्ने क्रममा बेहोस भएका तीन जना मजदुरको उपचारको क्रममा मृत्यु भएको हो ।
शुक्रबार बिहान सेफ्टी टयाङ्कीमा काम गर्ने क्रममा बेहोस भएर लडेका विनयी त्रिवेणी गाउँपालिका-७ का प्रकाश सिंह क्षेत्री, गणेश बोगटी र बर्दघाट नगरपालिका वडा नं. ७ का मोहम्द राजालाई उद्धार गरेर सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता लगिएको थियो ।
सामान्य उपचार पश्चात् थप उपचारका लागि भैरहवा मेडिकल कलेज रुपन्देही पठाईएको र उपचारको क्रममा उनिहरुको निधन भएको नवलपुर प्रहरीले जनाएको छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरको कावासोतीमा रहेको
कावासोती, मंसिर ५ गते । नवलपुर सदरमुकाम कावासोती