+
+
-- Sponsored Ad --

किसानलाई मल उपलब्ध गराउन सबै उपाय अवलम्बन गर्न सरकारलाई संसदको निर्देशन

376 पटक हेरिएको
Clock २०७९ जेष्ठ ३०, सोमबार १८:५८
-- Sponsored --

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाले किसानलाई रासायनिक मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सोमबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पेस गरेको सार्वजनिक जरुरी महत्वको प्रस्तावमाथिको छलफलपछि सभामुख अग्नि सापकोटाले विशेष प्रस्ताव पेश गर्नुभएको थियो ।

सो प्रस्ताव बैठकमा सर्वसम्मतिले पास भएको हो । जरुरी महत्वको प्रस्तावमा ४८ जना सांसदहरुले विचार राखेका थिए ।

त्यसपछि कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र रायले जवाफ दिनुभयो । उक्त जवाफ समेतका आधारमा समान किसिमको धारणा आएकाले सभामुख सापकोटाले विशेष प्रस्ताव पेश गर्नुभएको थियो ।

पारित विशेष प्रस्तावमा सम्भाव्य सवै विकल्प अपनाएर किसानलाई सहज रुपमा मल उपलव्ध गराउन भनिएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win