साउन १६, काठमाण्डौ : राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच आज एकता घोषणा हुने भएको छ । राष्ट्रिय सभागृहमा आज दिउँसो २ बजे एकता घोषणा सभाको आयोजना गरिएको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा र मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलले एकता घोषणा सभालाई सम्बोधन गर्ने बताइएको छ ।

दुई पार्टीको एकतापछि बलियो शक्ति बन्ने र गणतन्त्र फाल्न जनआन्दोलन गर्ने उनीहरूको तयारी छ ।