+
+
-- Sponsored Ad --

पाँचदिनदेखि बजार नै काकाकूल, दमकलबाट पानी बाँड्दै उपभाेक्ता समिति

334 पटक हेरिएको
Clock २०७९ असार १, बुधबार १४:५८
-- Sponsored --

बैतडी । सुदूरपश्चिम प्रदेशका तीन जिल्ला बैतडी, बझाङ र दार्चुला जोड्ने मुख्य बजार पाटन नगरपालिका–८ खोडपेमा खानेपानीको चरम अभाव भएको छ ।

गएको पाँच दिनदेखि यहाँ खानेपानीको चरम अभाव भएको हो । खानेपानी आपूर्ति गर्दै आएको सिद्धेश्वर खानेपानी योजनामामा समस्या आएपछि यहाँ खानेपानीको समस्या आएको योजनाका सचिव मोहन बिष्टले जानकारी दिनुभयो ।

लिफ्टिङ प्रणालीबाट सञ्चालन हुँदै आएको भए पनि हाल त्यस क्षेत्रको विद्युत्मा खराबी आउँदा खानेपानी सेवा अवरुद्ध भएको हो उहाँले बताउनुभयो । खानेपानीको हाहाकार भएपछि यहाँका होटेल व्यवसाय र कार्यालय त समस्यामा परेका छन् नै यो बाटो भएर यात्रा गर्ने यात्रुसमेत प्रभावित भएका छन् ।

खानेपानीको समस्या समाधानको लागि पहल भइरहेको पाटन नगरपालिका–८ का वडाध्यक्ष हरिश बिष्टले बताउनुभयो ।

‘विद्युतीय समस्याका कारण खानेपानी बन्द भएको हो, कम भोल्टेजको विद्युत् प्रवाह भइरहेको हुनाले मोटरले काम गरेको छैन,’ उहाँले भन्नुभयो, ‘विद्युत् वितरण केन्द्रलाई खबर गरेका छौं, प्रविधिक टोली आएर मर्मत गरिरहेकोले छिट्टै समाधान हुन्छ ।’

यसैबीच, खानेपानीको चरम अभाव भएपछि दमकलबाट खानेपानीको आपूर्ति गर्न थालिएको छ । बजार क्षेत्रमा खानेपानीको चरम समस्या उत्पन्न भएपछि दमकलबाटै भए पनि खानेपानीको परिपूर्ति गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष बिष्टले बताउनुभयो ।

लिफ्टिङ प्रणालीबाट सञ्चालन भएको खानेपानी आयोजनामा समस्या हुँदै आएकाले खोडपेमा सधै खानेपानीको अभाव हुने गरेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win