+
+
-- Sponsored Ad --

ओलीले भने : कृषि मन्त्रीले तत्काल राजीनामा गर्नुपर्छ, के हेरेर बसेको ?

298 पटक हेरिएको
Clock २०७९ असार १८, शनिबार १७:१०
-- Sponsored --

१८ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवको राजीनामा मागेका छन् । रोपाईंका बेला किसानलाई मल दिन नसक्ने मन्त्रीको अर्थ नहुने भन्दै उनले राजीनामा दिनुपर्ने बताएका हुन् ।

आइतबार पार्टीको किसान संगठन अखिल नेपाल किसान महासंघको कार्यक्रममा उनले भने, ‘कृषिमन्त्रीले तत्काल राजीनामा गर्नुपर्छ के हेरेर बसेको ?’

कृषिमन्त्रीको मुख्य काम नै मल, बीउविजन दिनुपर्ने भन्दै अध्यक्ष ओलीले झण्डा हल्लाउ भनेर मात्र मन्त्री नबनाएको बताए ।

‘झण्डा हल्लाउ भनेर मन्त्री बनाएको कि किसानलाई मल बिउ देउ भनेर बनाएको ?’ उनले प्रश्न गरे, ‘पिर्कामा सलामी खान मन्त्री बनाएको हो ? कृषि मन्त्रीले किसानका लागि काम गर्नुपर्‍यो, किसानको समस्या हेर्नुपर्‍यो ।’

ओलीले सरकारले बुझ्ने गरी कदम चाल्न किसान महासंघलाई निर्देशन पनि दिए ।
 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win