+
+
-- Sponsored Ad --

प्रचण्ड इमान्दार नहुँदा नेकपा विभाजन भयो : अध्यक्ष ओली

273 पटक हेरिएको
Clock २०७९ असार १०, शुक्रबार १८:२७
-- Sponsored --

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन भएको आरोप लगाउनुभएको छ ।

अध्यक्ष ओलीले प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमान्दारिताका साथ काम नगर्दा पार्टीले विभाजन व्यहोर्नुपरेको बताउनुभएको हो ।

शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले बडो दुःखका साथ सफलता हात परेको पार्टीलाई प्रचण्डले प्रतिक्रियावादी सामू अर्पण गर्दा आफूलाई दुःखित बनाएको गुनासो पनि गर्नुभयो ।

पार्टी एकताका बेला दिएको सिट संख्यालाई चरम दूरुपयोग गरेर प्रचण्डले आफूलाई साधारण सदस्यबाट समेत निश्काशन गरे पनि आफूले त्यसलाई जोगाएर अघि बढाएको ओलीको दाबी थियो ।

‘प्रचण्डले एकता गर्दा पनि इमान्दारिताका साथ गर्नु भएन, एकतावद्ध रहँदा पनि इमानका साथ काम गर्नु भएन,’ उहाँले भन्नुभयो, ‘एकताको निम्ति बनाइदिएको कमिटी, एकताको निम्ति दिइएको संख्या त्यसलाई यति चरम दूरुपयोग गर्नु भयो कि पार्टीको अध्यक्षलाई साधारण सदस्यबाट निश्कासन गर्नुभयो ।’

ओलीले चरम सत्ताको दूरुपयोग गरेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी केही पछि परे पनि आगामी दिनमा जित सुनिश्चित रहेको दाबी गर्नुभयो ।

पपुलर मत संख्यालाई हेर्ने हो भने अहिले पनि आफ्नो पार्टी नै मुलुकको पहिलो राजनीतिक शक्ति रहेको उहाँले दोहोर्‍याउनुभयो ।

अध्यक्ष ओलीले समाजवादको यात्रा तय गर्ने विचार, संगठन र योजना आफ्नो पार्टीसँग मात्रै रहेको जिकिर गर्नुभयो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win