
काठमाडौं । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा भारी वर्षा भएपछि आएको बाढी पहिरोमा १ सय जना भन्दा बढीको मानिसकाे मृत्यु भएको छ ।
कंगोकोे राजधानी किन्सासाका विभिन्न जिल्लाका सयौं घरहरू भत्कनुका साथै डुबानामा परेकाले हजारौं मानिसहरू घरबारबिहीन भएका हुन् । राजधानी किन्सासाको दक्षिणी भेग मोन्ट–नगाफुलाका अधिकांश घरहरू पहिरोले पुरिएका छन् । नदीको बाढी बस्तीमा समेत पस्दा त्यहाँका सर्वसाधारणको बिचल्ली भएको छ ।
त्यहाँका अधिकांश घरहरू डुबानमा पर्नुका साथै सडकहरू समेत भासिएका छन् ।