+
+
-- Sponsored Ad --

पार्टीका नेताको दबाबले नराम्रो मान्छे नियुक्त गर्नुपर्‍यो : प्रेम आले

287 पटक हेरिएको
Clock २०७९ असार १२, आईतवार १९:३४
-- Sponsored --

१२ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पार्टीका नेताको ‘प्रेसर’ले नियुक्तिमा नराम्रा मान्छेलाई पनि नियुक्ति दिनु परेको बताएका छन् ।

राजीनामापछि आइतबार पर्यटन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कतिपय काम आफूले चाहेर पनि गर्न नसकेको स्पष्टीकरण दिए ।

उनले भने, ‘पार्टीका नेताको प्रेसरले नराम्रो मान्छे नियुक्ति गर्नुपर्‍यो, विस्तारै सच्याउँदै गएको थिएँ ।’ उनले कसलाई, कुन  नेताको दबावमा कहाँ नियुक्त गरिएको हो भन्ने खुलाएनन् ।

उनले नेपाल वायुसेवा निगममा युवराज अधिकारीलाई नियुक्त गरेका थिए । आलेले अश्लिल गाली गलौज गरेको अडियो सार्वजनिक भएपछि अधिकारीलाई सरकारले निलम्बन गरेको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win