नवलपुर । पूर्वी नवलपरासीमा विहीबार विहानै ११ जना नयाँ संक्रमित थपिएका छन् । गैडाकोट १, २, ४ र ६ का ६ जना पुरुष २ जना महिला, मध्यविन्दु ९ का २ जना पुरुष, देवचुली १ का १ जना पुरुष थपिएका स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुलाई पोजेटिभ देखिएको हो ।
त्यसैगरी भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा पश्चिम नवलपरासीको सुनवल ४ का एक जना पुरुषमा पनि संक्रमण देखिएको छ ।