+
+
-- Sponsored Ad --

मदन भण्डारीको ७१ औं जन्मजयन्ती आज

240 पटक हेरिएको
Clock २०७९ असार १४, मंगलवार ११:०७
-- Sponsored --

काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको आज मंगलबार ७१ औँ जन्मजयन्ती मनाइँदैछ ।

जन्मजयन्तीका अवसरमा एमाले र उसका विभिन्न भातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदैछन् ।

वि.सं. २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मनुभएका भण्डारीलाई नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका नवीन विचारक एवं सिद्धान्तकार मानिन्छ ।

उहाँले प्रतिपादन गर्नुभएको नेपाली क्रान्तिको मौलिक सिद्धान्त अर्थात जनताको बहुदलीय जनवाद (जबज) लाई आज पनि एमालेले मुख्य राजनीतिक सिद्धान्तको रुपमा लिने गरेको छ ।

भण्डारी र एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते जीप दुर्घटनामा परी रहस्यमय निधन भएको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win