कात्तिक महिनाभित्रै चालक अनुमतिपत्र कार्ड ल्याउने सरकारकाे तयारी

कात्तिक १५, काठमाडौं ।। सरकारले डेढ वर्ष पहिले गरेको ठेक्का सम्झौताअनुसार चालक अनुमतिपत्र छपाइका लागि कार्ड कात्तिक महिनाभित्र आउने भएको छ। 

प्राविधिक समस्याका कारण लामो समयदेखि कार्ड ल्याउन नसकिएको भए पनि अहिले समाधान भएकाले ल्याउन लागिएको यातायात व्यवस्था विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए। सरकारले दुई वर्ष पहिले खरिद गरेको ‘मास प्रिन्टर’ मा छपाइ गर्न कार्ड नमिलेपछि कार्ड आउन सकेको थिएन। पछिल्लो पटक परीक्षणमा समस्या नभएको पाइएकाले ल्याउन लागिएको हो। उनले भने, “कार्ड छिटो ल्याउनका लागि कम्पनीसँग सम्पर्क भइरहेको छ।”

‘मास प्रिन्टर’ एउटा कम्पनीबाट खरिद गरिएको र कार्ड अर्काे कम्पनीबाट खरिद गरिएकाले समस्या आएको यातायात व्यवस्था विभागले जनाएको छ। अहिले कार्ड मास प्रिन्टरमा मिलेकाले ल्याउन भनिएको हो। 

चालक अनुमतिपत्रको पहिलो सम्झौताअनुसार १४ लाख आउनुपर्ने विभागले जनाएको छ। विभागले चाँडो ल्याउन सहजीकरण गरिदिने भएको छ। अहिले १४ लाख कार्ड आएपछि तत्कालका लागि समस्या हट्ने र आगामी दिनमा पनि त्यही समस्या दोहोरिन नदिन ध्यान दिइने विभागले जनाएको छ। 

सेवाग्राहीलाई सजिलोका लागि सुरू गरिएको ‘स्मार्ट’ चालक अनुमतिपत्र सोचेजस्तो हुन सकिरहेको छैन। विभिन्न समस्याका कारण सेवाग्राहीले समयमा अनुमतिपत्र पाउन सकिरहेका छैनन्। पहिले उपकरणको क्षमता कम भएकाले सेवाग्राहीले समयमा अनुमतिपत्र पाउन सकिरहेका थिएनन्। 

दुई वर्ष पहिले विभागले एउटै ठेक्काबाट ठूलो क्षमताको उपकरण (मास प्रिन्टर) र १० लाख कार्ड ल्याइएको थियो। त्यो कार्ड अब थोरै सङ्ख्यामा मात्रै बाँकी छन्। कार्ड अभावमा विभागले अति आवश्यक पर्नेलाई मात्रै अनुमतिपत्र छापिरहेको छ। यातायात कार्यालयले भने एक वर्षका लागि अस्थायी चालक अनुमतिपत्र सुरू गरेका छन्।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २८, सोमबार १८:३५
    • 19 views
    राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन

    काठमाडौं । राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन भएको छ । काठमाडौंका मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा निधन भएको गोकर्णेश्वर–६ का पूर्ववडाध्यक्ष तथा मित्रबन्धु कल्याणकारी गुठीका अध्यक्ष रमेश अर्यालले…

    विस्तृत.....

    • २०८१ माघ २६, शनिबार १५:३८
    • 18 views
    खानेपानी मन्त्रालय आगलागी प्रकरणः ५० लाख बराबरको क्षति ।

    काठमाडौं, माघ २६ गते । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुई वटा टेलिभिजन, एउटा डेस्कटप,…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *