0 प्रतिक्रिया
त्रिवि कर्मचारी संघमा एमालेको प्यानलै विजयी
१५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) कर्मचारी संघको १२औं निर्वाचनमा एमाले निकट कर्मचारीको प्यानलै विजय भएको छ ।
असार १० गते नयाँ नेतृत्वका लागि भएको चुनावमा प्रजातान्त्रिक-वाम लोकतान्त्रिक गठबन्धनलाई हराउँदै अध्यक्षमा एमाले निकट छत्रबहादुर कार्की विजयी भएका हुन् ।
त्यस्तैगरी संघको महासचिवमा प्रगतिशील कर्मचारी समूहकी सिर्जना भोमीले २१९३ मत ल्याएर विजयी भइन् । गठबन्धनका दुर्गाप्रसाद तिमिल्सिनाले १८८४ मत प्राप्त गरेका छन् । महासचिवमा स्वतन्त्र उम्मेदवारी दिएका प्रदीप सापकोटाले १५० मत पाए ।
संघमा यसअघि कांग्रेस निकट कर्मचारीले सबै पदमा जितेको थियो।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



