आर्थिक अनियमिततामा मुछियका तीन प्रहरी अधिकृतको ग्रेड घट्यो ।
काठमाडौं : आर्थिक अनियमितताको पुष्टि भएपछि नेपाल प्रहरीका दुई जना उच्च अधिकृत र एक अधिकृतलाई कारबाही भएको छ।
नेपाल प्रहरीले आर्थिक अनियमिततामा संलग्न प्रहरी उपरीक्षकद्वय रामेश्वरप्रसाद यादव र विमल बस्नेत तथा प्रहरी निरीक्षक मेघराज चौरसियालाई कारबाही गरेको हो।
यादव र बस्नेतको पाँच ग्रेड घटुवा र चौरसियाको चार ग्रेड घटुवा गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ। बस्नेत, यादव र चौरसिया तीनजना कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयमा कार्यरत रहँदा आर्थिक अनियमितता गरेको छानविनबाट खुलेको थियो।
बस्नेत २०७५ चैतदेखि २०७६ असोजसम्म र यादव ०७६ असोजदेखि ०७७ भदौसम्म कर्णाली प्रदेशको ट्राफिक प्रमुखको रुपमा कार्यरत थिए। तीनैजना विरुद्ध गैरव्यवसायीक क्रियाकलाप गरेको उजुरी परेपछि प्रहरी प्रधान कार्यालयले उनीहरुलाई निलम्बनका लागि गृहमन्त्रालयमा सिफारिस गरेको थियो।
प्रहरी मुख्यालयको सिफारिसपछि गृहमन्त्रालयले उनीहरुलाई गत मंसिरमा निलम्बन गरेको थियो। प्रहरी मुख्यालयले छानविनका लागि तत्कालिन प्रहरी वरिष्ठ उपरीक्षक (हाल प्रहरी नायब महानिरीक्षक) उमेश रन्जितकारको नेतृत्वमा छानविन समिति गठन गरेको थियो।
तीनै जनाले चालक र बडिगार्ड प्रयोग गर्दै सेवाग्राहीबाट रकम असुलेको पुष्टि भएपछि कारबाहीका लागि सिफारिस गरिएको रन्जितकारले जानकारी दिए।
‘तीनै जनाले सेवाग्राहीबाट रकम असुल गरेको अनुसन्धानबाट खुलेपछि हेडक्वाटरलाई कारबाहीका लागि सिफारिस गरिएको हो’ रन्जितकारले भने,‘हेडक्वाटरले ग्रेड घटुवा गर्दै निलम्वन फुकुवा गरेको सुनिएको छ।’
प्रहरीभित्र विवादास्पद छविका अधिकृतका रुपमा चिनिने यादव र बस्नेत दुवैजना राष्ट्रिय अनुसन्धानबाट २०५८ सालमा जनपद प्रहरीमा आएका थिए। निलम्वनमा पर्दा यादव महानगरीय ट्राफिक महाशाखाको प्रवक्ता पदमा कार्यरत थिए।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले
कावासोती : हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी
सन्जय भट्टराई, कावासोती । पुर्व पश्चिम राजमार्ग छेवैमा जोडिएको