+
+
-- Sponsored Ad --

पहिरोका कारण १२ जिल्लाका सडक ठप्प, नारायणगढ–मुग्लिन सडक खण्डका १७ ठाउँमा पहिरो

345 पटक हेरिएको
Clock २०७९ असार १५, बुधबार १८:१०
badhi-pahiroww

file photo

-- Sponsored --

असार १५, कावासोती,

नवलपुर सहित देशका विभिन्न ठाउँमा अहिले पनि ठूलो पानी परिरहेको छ । गएरातिदेखि झरी सुरु भएकोमा सबैजसो ठाउँमा अहिले हल्का झरी परिरहेको र केही ठाउँमा ठूलो पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेश सहित लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अति ठूलो पानी परिरहेको मौसमविद् वरुण पौडेलले बताए । पूर्वी तराईका धेरैजसो ठाउँ डुबानमा परेका छन् ।

यसैबीच निरन्तरको वर्षाका कारण राष्ट्रिय राजमार्ग अन्तर्गतका विभिन्न चार ठाउँमा सडक बन्द भएका छन् । कोशी राजमार्ग अन्तर्गत विराटनगरबाट धनकुटा हुँदै किमाथाङ्का जाने सडक अन्तर्गत सङ्खुवासभाको सम्मटार र वरुण खोलामा सडक बन्द भएको छ । यस्तै डुम्रे बेसीसहर चामे सडक अन्तर्गत लमजुङको उदीपुर र मनाङको मार्दीभीरमा पहिरोले सडक बन्द भएको छ ।

पहिरोले राष्ट्रिय राजमार्ग अन्तर्गतका सडकको ४५ ठाउँमा अवरोध भएकोमा चार ठाउँको सडक एकतर्फी खुलाएको र ३७ ठाउँको सडक पूर्णरूपमा खुलाएको सडक विभागले जनाएको छ । मुख्य राजमार्गबाहेक पनि विभिन्न १२ वटा जिल्लामा सडक बन्द भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सिन्धुली, दार्चुला, मोरङ, बाग्लुङ, प्युठान, धादिङ, दाङ, तनहुँ, नवलपरासी (पूर्व), धनकुटा, उदयपुर र सोलुखुम्बुका विभिन्न ठाउँमा पहिरो जाँदा सडक बन्द भएको हो ।

यसैबीच नारायणगढ–मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षासँगै तीमध्ये सात ठाउँमा साना–ठूला पहिरो खसिसकेका डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले बताउनुभयो । उहाँका अनुसार चार किलो, नाम्सी पुल, तीन नम्बर पुल, २६ किलो, २० किलो, १५ किलो, जुगेडी बजार नजिकैको कविलास जाने बाटो उच्च जोखिममा देखिएका छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win