+
+
-- Sponsored Ad --

एलन मस्कले किने ४४ अर्ब डलरमा ट्वीटर

345 पटक हेरिएको
Clock २०७९ असार १६, बिहीबार १०:३१
-- Sponsored --

टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कले ट्वीटर किनेका छन्। एलन मस्कले ४४ अर्ब डलरमा ट्वीटर किनेको बीबीसीले जनाएको छ।

सामाजिक ट्वीटरको सञ्चालक समिति (बोर्ड) ४४ अर्ब डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति मस्कको प्रस्तावमा सहमत भएसँग उनले ट्वीटर किनेका हुन्।  ट्वीटरको इन्डिपेन्डेन्ट बोर्डका अध्यक्ष ब्रेट टेलरले बोर्डले मूल्य, निश्चितता र वित्तपोषणमा मस्कको प्रस्तावलाई गम्भीरतापूर्वक आँकलन गरेर बेच्ने निर्णय गरेको बताएका छन्।

फोर्ब्स पत्रिकाका अनुसार मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन्। उनको अनुमानित सम्पत्ति २७३.६ अर्ब डलर रहेको छ। 

कम्पनीले सुरुमा मस्कको प्रस्तावलाई अस्वीकार गरेपनि अब उसले शेयरधनीहरूलाई सम्झौता अनुमोदनका लागि मतदान गर्न आग्रह गर्ने बीबीसीमा उल्लेख छ।

मस्कले नक्कली खाताहरूलाई हटाउने तथा उसका सामग्रीमाथिका प्रतिबन्धहरूलाई खुकुलो पार्नेसम्मका धेरै परिवर्तन गर्ने उद्घोष गरेका छन्।  ‘अभिव्यक्ति स्वतन्त्रता कार्यात्मक लोकतन्त्रको आधार हो र ट्विटर एउटा डिजिटल सहरको चोक हो, जहाँ मानवताको भविष्यका लागि महत्त्वपूर्ण कुराहरूको बहस गरिन्छ।’

उक्त सम्झौताको घोषणा गर्दै मस्कले भने, ‘नयाँ सुविधा थप्दै, विश्वास बढाउन अल्गोरिदमहरूलाई खुला गर्दै, स्प्याम बटहरूलाई पराजित गरेर म पनि ट्विटरलाई पहिलाको भन्दा राम्रो बनाउन चाहन्छु।’

ह्वाइट हाउसले उक्त किनबेचबारे प्रतिक्रिया दिन अस्वीकार गरेको छ। यद्यपि प्रवक्ता जेन साकीले संवाददाताहरूलाई लामो समयदेखि राष्ट्रपति ठूला सामाजिक सञ्चाल कम्पनीहरूको शक्तिबारे चिन्तित रहेको तर ट्विटर कसको स्वामित्वमा रहन्छ भन्ने कुरा गौण भएको बताइन्।

एलन मस्क विद्युतीय सवारीसाधन निर्माता टेस्ला कम्पनीको मुख्य शेयरधनी हुन् भने अन्तरिक्षसम्बन्धी कम्पनी स्पेसएक्सको पनि उनले नै नेतृत्व गर्छन्।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win