+
+
-- Sponsored Ad --

स्याङ्जामा घरगोठ भत्किँदा बहिनीको मृत्यु, दाजु घाइते

376 पटक हेरिएको
Clock २०७९ असार १६, बिहीबार १२:०७
-- Sponsored --

स्याङ्जा : स्याङ्जामा घर भत्किँदा एक किशोरीको मृत्यु भएको छ। गल्याङ नगरपालिका १० पक्वादीस्थित डुविनडाँडाका ढाकाराम भट्टराईको घर भत्किँदा घाइते भएकी १५ वर्षीया छोरी रेखा भट्टराईको मृत्यु भएको छ। १६ वर्षीय लक्ष्मीकान्त भट्टराई घाइते भएका थिए। 

घाइते बालबालिकालाई उपचारका लागि गल्याङ अस्पताल ल्याउँदै गर्दा रेखाको बाटोमा मृत्यु भएको अस्पतालले जनाएको छ। घाइते लक्ष्मीकान्त भने खतरामुक्त रहेको बताइएको छ। उनको नगर अस्पतामै उपचार भइरहेको छ। साथै, एउटा लैनो भैंसी र २ वटा बाख्रा समेत मरेका छन्। 

बिहान ५ बजेतिर घर भत्केको स्थानीयको भनाई छ। आमा बाबा र एक भाई उठेर घरबाहिर कामधन्दामा लागेकाले उनीहरु सकुशल रहेका छन् । घरभित्र सुतेका बहिनी र दाजु घाइते भएका  थिए।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win