0 प्रतिक्रिया
एक सातासम्म देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
१६ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले एक सातासम्म देशभर सामान्य बदली रहने र केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।
सातवटै प्रदेशको सम्भावित मौसमी अवस्था आज सार्वजनिक गर्दै महाशाखाले कुनै प्रदेशमा सामान्य र कुनैमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको हो ।
पहाडी र तराई मधेशको अधिकतम तापक्रम तथा न्युनतम तापक्रम हल्का बढ्ने सम्भावना पनि छ । तर हिमाली भागको अधिकतम तापक्रम र न्युनतम तापक्रममा भने उल्लेखनीय परिवर्तन नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



