बागमती र प्रदेश १ का पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका आज बागमती र प्रदेश १ का पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका अन्य पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भहागहरुको मौसम सामान्यतया सफा रहने महाशाखाका मौसमविद समीर श्रेष्ठले जानकारी दिए।
देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ। जसका कारण अहिले बिहान काठमाडौं उपत्यकासहित देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भू–भहागहरुको मौसम भने सामान्यतया सफा रहेको छ।
आइतबार राति गण्डकी र प्रदेश १ का पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भहागहरुको मौसम सामान्यतया सफा रहने छ।
आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलब ४ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर २६ देखि २८ डिग्री सेल्यिससम्म पुग्न सक्ने अनुमान गरिएको छ। हिजो काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा पानी परेको थियो। गण्डकी प्रदेशको लुम्लेमा १९ दशमलब ३, जोमसोममा १७ दशमलब ५, भैरहवामा १५ र काठमाडौंमा शून्य दशमलब १ मिलिमिटर पानी परेको थियो।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले
कावासोती : हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी
सन्जय भट्टराई, कावासोती । पुर्व पश्चिम राजमार्ग छेवैमा जोडिएको