+
+
-- Sponsored Ad --

विश्वविद्यालय स्थापना गर्ने कुरामा कुनै कानूनी समस्या हुँदैन : राष्ट्रपति भण्डारी

354 पटक हेरिएको
Clock २०७९ असार १७, शुक्रबार १५:४१
-- Sponsored --

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छुट्टै कानून विश्वविद्यालय स्थापना गर्ने कुरामा कुनै कानूनी समस्या नहुने बताउनुभएको छ ।

शुक्रबार काठमडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले छुट्टै कानून विश्वविद्यालय स्थापना गर्ने कुरामा कुनै कानूनी समस्या नहुने बताउनुभएको हो ।

उहाँले सरकारको १५ औं पञ्चवर्षीय योजनामा विषय आइसकेको उहाँले हाल कायम संरचना र अभ्यासबाट आगामी दिनमा मुलुकका लागि आवश्यक पर्ने कानूनी जनशक्ति विकास गर्न पर्याप्त नहुने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले मुलुकलाई आवश्यक नयाँ युगको नयाँ चुनौतिहरुको सामना गर्नसक्ने दक्ष कानूनी जनशक्ति उत्पादन गर्न आवश्यक भौतिक तथा संस्थागत पूर्वाधारहरुको विकास गर्दै कानूनी शिक्षालाई युग सापेक्ष बनाउँदै लैजानुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले कानून शिक्षालाई समय सापेक्ष, व्यवहारिक, अनुसन्धानमुलक, गुणस्तरीय र प्रतिष्पर्धी बनाउँदै लैजानु आवश्यक रहेको बताउनुभयो । कानूनी शिक्षा नै कानूनी शासन स्थापनको आधार भएको बताउनुभयो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win