मंसिर १०, कावासोती,

देशको विषम राजनितिक अवस्था परिवर्तनकालागि स्थानिय मेयर देखि संघिय सासंद सम्मको उम्मेद्वारि दिएका कमल नयन न्यौपाने सक्दिन, सक्दिन भन्दै सार्वजनिक भएका छन् ।
सन् २०१३ मा रोजगारिको शिलसिलामा दक्षिण कोरिया गई सन् २०१८ मा नेपाल फर्किएका स्याङ्जाका न्यौपानेले देश भित्रको व्याप्त भ्रष्टचार, वेरोजगारि र राजनितिक अस्थिरतालाई चिर्ने उद्येश्य बोकि २०७९ को स्थानीय चुनाव मा स्याङ्जा जिल्लाको गल्याड. नगरपालिकामा मौलिक जरोकिलो पार्टीबाट मेयर पदमा उमेद्वार दिएका थिए भने २०७९ कै मंसिरमा भएको संघिय निर्वाचनमा काठमान्डौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभा सदस्यमा पनि उमेद्वारी दिएका थिए ।
दुवै निर्वाचनमा पराजित भएपछि देशमै केहि उद्योग व्यवसाय सञ्चालन गर्ने सोँच बनाएपनि यहाँ आफ्नो भविष्य सुनिश्चित नहुनेदेखेपछि पुन ः सन् २०२३ मा दक्षिण कोरिया नै फर्किएका न्यौपाने अहिले भने एक म्यूजिक भिडियो मार्फत सक्दिन हौ सक्दिन भन्दै सार्वजनिक भएका छन् ।
नेपालि कला, सँकृतिको वृद्धि विकास एवं अन्तराष्ट्रिय स्तरमा समेत यसलाई स्थापित गर्न गित सँगित नै उत्तम् उपाय हुने सोँच राखि नेपालको मध्य क्षेत्रमा चर्चित लोक भाकाको गितमा अभिनय मार्फत उनि सार्वजनिक भएका हुन् ।
नेपालका चर्चित गायक खुमन अधिकारीको स्वरमा रहेको र विषेश तः मायाँ पिरतिकै कुरा समेटिएको सक्दिन सक्दिन सक्दिन बोलको गितमा उनै कमल नयन न्यौपाने र रितु खरेल न्यौपानेको अभिनय रहेको छ ।
बिष्णु न्यौपानेको शब्द र लयलाई मालाश्री स्टुडियो मार्फत सागर बाजुरेली÷गोविन्द प्राजुलीले रेकर्डिङ् गर्नुभएको हो भने गितको मिक्सिङ खडक बाजुराली र एरेन्ज इन्द्र जि.सि.ले गर्नुभएको हो ।
कोरियाबाट नेपाल आउँदा विभिन्न सामाजिक कार्यमा सक्रिय न्यौपानेले आफ्नो छोटो विदाको समयलाई सदुपयोग गर्दै म्यूजÞिक भिडीयो मार्फत आफुलाइ प्रस्तुत गरेका हुन् ।
न्यौपानेको यो म्युजिक भिडियो उनकै आधिकारिक युटुव च्यानल मार्फत सार्वजनिक भैसकेको छ ।

भिडियोः