Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
दुई वटा किड्नी नभएकाको साथ छोडेर बचेँको प्रतिक्रिया दिएका मन्त्री मनाङे र प्रहरिलाई थर्काएका काँग्रेस नेता श्रेष्ठको भिडियो भाईरल (दुबै भिडियो सहित) दुई वटा किड्नी नभएकाको साथ छोडेर बचेँको प्रतिक्रिया दिएका मन्त्री मनाङे र प्रहरिलाई थर्काएका काँग्रेस नेता श्रेष्ठको भिडियो भाईरल (दुबै भिडियो सहित) - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

दुई वटा किड्नी नभएकाको साथ छोडेर बचेँको प्रतिक्रिया दिएका मन्त्री मनाङे र प्रहरिलाई थर्काएका काँग्रेस नेता श्रेष्ठको भिडियो भाईरल (दुबै भिडियो सहित)

1,093 पटक हेरिएको
Clock २०७८ जेष्ठ ३०, आईतवार २०:२२
shrestha dhamki
-- Sponsored --

जेठ ३०, पोखरा,

तेस्रो पटक मन्त्री हुनुभएका गण्डकी प्रदेशका स्वतन्त्र सांसद दीपक मनाङेले प्रधानमन्त्री केपी शर्मा ओली प्रति लक्षित गर्दै दिएको प्रतिक्रियाको भिडियो क्लिप यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।

पृथ्बी सुब्बा गुरुङले विश्वासको मत नपाएर पद गुमाएपछि विपक्षी गठबन्धनले बहुमतको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी गर्दै प्रदेश प्रमुखलाई बुझाए पनि नयाँ मन्त्री घोषणामा अलमल गरेको भन्दै शनिबार धर्ना बसेका बेला मनाङेले उक्त प्रतिक्रिया दिनुभएको थियो ।

भिडियोमा उहाँले भन्नुभएको छ ः ‘केपी ओलीको न वर्तमान छ, न भविष्य छ । तर, यसको पछि लाग्ने मान्छेहरुको बुद्धि छैन रैछ क्या । दुईवटा किड्नी नभएको मान्छे हो । अरुको त किड्नी छ नि यार । वुद्धि भए छिटो उसको साथ छोड्दा राम्रो हुन्छ । म त टाइममै छोडेर बचेँ ।’

(भिडियो हेर्नुस्..)

यसअघि मनाङे एमाले नेतृत्वको सरकारमा दुईपटक सम्म युवा तथा खेलकुद मन्त्री बन्नुभएको थियो । सरकार ढल्ने अवस्था आएपछि उहाँ विपक्षी गठवन्धनमा सामेल भएर पुनः तेस्रो पटक मन्त्री बन्नुभएको हो । उहाँले विनाविभागिए मन्त्रीको सपथ लिनुभएको छ ।

गण्डकी प्रदेशको राजनितिमा पछिल्लो समय निर्णायक भूमिकामा देखिएका मनाङेको उक्त भिडियो क्लिपलाई सामाजिक सञ्जालमा गालि र तालि दुबैखाले मिश्रित प्रतिक्रिया आएको छ ।
यसैबिच
नेपाली काँग्रेसका एक नेताले सुरक्षामा खटिएका एक प्रहरीलाई धम्क्याएपछि सर्बत्र विरोध भैरहेको छ । शनिबार गण्डकी प्रदेश प्रमुखको कार्यालय अगाडी गठबन्धनको धर्ना कार्यक्रम भैरहदा नेपाल प्रहरीका श्याम थापा मगरमाथी काँग्रेस नेता मेखलाल श्रेष्ठले अभद्र व्यवहार गरेको भिडियो सार्वजनिक भएको हो ।

नेता श्रेष्ठले प्रहरी मगरलाई तपाईको हिसाब किताब हुन्छ भन्दै धम्क्याएको भिडियोमा प्रस्ट देखिएको छ । प्रहरीलाई धम्क्याएको भिडियो सामाजिक सञ्जालमा राख्दै विभिन्न व्यक्तिहरुले यस्ता नेतालाई कडाभन्दा कडा कारवाहि गर्नुपर्ने माग राखेका छन् ।

भिडियो हेर्नुस्…

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win