+
+
-- Sponsored Ad --

राजपाल यादवमाथि २० लाख ठगीकाे आराेप

331 पटक हेरिएको
Clock २०७९ असार १८, शनिबार १७:५३
-- Sponsored --

एजेन्सी । भारतीय अभिनेता राजपाल यादवमाथि २० लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।

मध्य प्रदेशको इन्दाेर प्रहरीले यस विषयमा यादवविरुद्ध नोटिस जारी गर्दै १५ दिनभित्र प्रहरीसमक्ष उपस्थित हुन निर्देशन दिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बिल्डर सुरिन्दर सिंहले राजपाल विरुद्ध उजुरी दिएका हुन् ।

सिंहले प्रहरीलाई दिएको उजुरीमा यादवले उनको छोरालाई समर्थन गर्न र बलिउडमा अगाडि बढाउन २० लाख रुपैयाँ लिएको उल्लेख गरेका छन् । तर, यादवले आफ्नाे छोरालाई कुनै सहयोग नगरेको सिंहकाे दाबी छ ।

यादवलाई दिएको पैसा फिर्ता माग्दा राजपाल सम्पर्कमा नआएको सिंहकाे भनाइ छ । प्रहरीले उजुरीकर्ताको निवेदनअनुसार छानविन सुरु गरेको छ ।

अभिनेता ‍यादवमाथि ठगीकाे आराेप लागेकाे याे पहिलाेपटक भने हाेइन । यसअघि सन् २०१० मा एक व्यक्तिले उनीविरुद्ध ठगीको मुद्दा दर्ता गरेका थिए । त्यस समय ‘आता पता लापता’ नामक फिल्म निर्देशन गर्न लागेका यादवले उक्त व्यक्तिबाट ५ करोड भारतीय रुपैयाँ ऋण लिएका थिए ।

ठगीकाे मुद्दा अदालतसम्म पुगेपछि अदालतले यादवलाई जेल सजाय सुनाएको थियो । यद्यप उनी धराैटीमा रिहा भएका थिए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win