नेपाल आयल निगमले फेरि बढायाे पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको खुद्रा मूल्यमा दुई रुपैयाँ प्रतिलिटरका दरले वृद्धि गरेको हो।

वृद्धि गरेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ। योसँगै अब पेट्रोल प्रतिलिटर एक सय २३ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर एक सय ६ रुपैयाँ र हवाई इन्धन ७८ रुपैयाँ पुगेको छ।

एलपी ग्यास र अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा मूल्य भने यथावत रहेको निगमले जनाएको छ। निगमले भारतीय आयल निगमको स्वचालित मूल्यसूचीअनुसार मूल्य समायोजन गरिएको जनाएको छ।

मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा ८.५६, डिजेलमा प्रतिलिटर ४.४६ तथा एलपी ग्यासमा प्रति सिलिण्डर ३७५.१३ रुपैयाँ घाटा रहेको जनाएको छ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ११, शुक्रबार १२:०२
    • 22 views
    विनयी खोलाको पुल बन्नझण्डै १ वर्ष लाग्ने,निरीक्षण भन्दै मन्त्रीहरु पुगेपनि ठोस निर्णय हुन बाँकी ।

      माघ ११, कावासोती ।  पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढ –बुटवल सडक खण्डमा पर्ने विनयी खोलाको भाँचिएको पुल बन्न झण्डै एकवर्ष लाग्ने भएको छ । क्षमताभन्दा बढी भार बोकेको भारतीय नम्बरको…

    विस्तृत.....

    • २०८१ माघ १०, बिहीबार १०:०५
    • 8 views
    पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ

    कावासोती । नवलपुरको गैँडाकोट-१० पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ परेको छ । पितौजीमा रहेको सशस्त्र प्रहरीको गुल्मबाट खटिएको टोलिले पुर्व बाट पश्चिम जाँदै गरेको जे…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *