युवा जमातले देशको नेतृत्व लिने समय आयो

जनक सापकोटा,गैडाकोट ||

यति बेला देश गम्भीर मोडको पुगेको छ । राजनीतिक खिचातानी, आन्तरिक द्वन्द्व र विवादको चपेटामा आम सर्वसाधारण परेका छन भने देशमा नयाँ नेतृत्व आवश्यकता परेको आभाष हुन थालेको छ ।राजनीतिक असस्कार र असभ्यताको हालिमुहाली रहेको हाम्रो देशमा पुरानो पुस्ताले देशलाई निकास देला भनी आश गर्नु फल झर्ला मुखमा पर्ला अनि पेट भरौला भन्नू सरह हो ।

नेपालमा प्रजातान्त्रिक र बहुदलीय राजनीतिको इतिहास खासै लामो त छैन त्यै पनि जति समय यसको प्रयोग र अभ्यास भयो, सो समयमा देशमा धेरै उतावचढाव भइरहेको छ भने उपयुुक्त लक्ष्य हासिल गरि देशले निकास पाउन सकेको अवस्थामा छैन । युवा वर्गमा रहेको विश्लेषणात्मक क्षमता र लिडर सिपलाई राजनीतिक दलले अवैज्ञानिक, अमर्यादित र अनैतिक क्रियाकलापमा प्रयोग गरे भने युवा जमात स्वयं प्रयोग गरिए । वैचारिक बहस भन्दा हिसांत्मक र हतियारयुक्त द्वन्द्व, आन्दोलन र जुलुसमा युवा वर्गको आकर्षक बढ्दो छ भने अर्कोतिर अनावश्यक लोभ लालच र बाध्यताले त्यस्ता क्रियाकलापमा सलंग्न हुन बाध्य बनाएको छ । यसबाट जोगिन युवा आफू पनि सचेत रहि समाजलाई पनि सचेत बनाउन जरुरि छ ।

पुराना राजनीतिक दल हुन या भर्खरै उदाउँदै गरेका राजनीतिक पार्टी वा संस्था हुन, युवाको आकर्षण दिनप्रतिदिन बढ्दै त छ तर त्यँहा स्वार्थको ठूलो सञ्जाल विछ्याइएको छ । जुन सञ्जाललाई टुटाई बाहिर निस्कन युवा जमातले साहस गर्नुपर्छ । युवा कुशल, सक्षम भएपनि यिनलाई कमान्डर गर्ने कुशल नेतृत्वको अभाव खड्केको महशुश हुन थालेको छ ।

 

युवा जमात जता हुल हल्लत, पैसा र अन्य प्रलोभन छ त्यसमा सजिलै फस्ने हुनाले पनि त्यसको फाइदा राजनीतिक दलले लिई आफ्नो स्वार्थमा युवाको गज्जबसगँ प्रयोग गर्न पाएका छन । अझ समाजका जान्नेसुन्ने र बुद्धिजिवि हुँ भनेर घमण्ड गर्ने घामडहरुले युवालाई स्वतन्त्र भएर हिड्न दिएका छैनन । फलानो पार्टीमा लाग, फलानो मान्छे चाहिने मान्छे हो, फलानो आफ्नै मान्छे हो, त्यो पार्टीले मासु, रक्सि, वियर खुवाउछ हो त्यहि पार्टी मा लाग्नुपर्छ भनी युवालाई भड्काउने खालका गतिविधि भैरहेको हुनाले युवालाई स्वतन्त्र भएर सोच्ने वातावरणसम्म नमिलेको परिप्रेक्ष्यमा यो गञ्जागोल र सबै स्वार्थभन्दा माथि उठेर देशको बारेमा युवाले गम्भीर भएर सोच्ने समय आएको छ ।

आफ्नो भविष्य र भावी सन्ततिको बारेमा चिन्तन गर्नुको सट्टा २/४ वटा लोभलालच र गुलिया आश्वासनमा अल्झेर भावी पुस्तालाईसमेत नकारात्मक असर गर्ने गरि राजनीतिमा लाग्नु दु:खद हो । अझ फलानो पार्टिको विरोध गरिस या समर्थन गरिस भनेर अर्कोलाई नानाथरी भन्न भ्याउने पनि युवा जमात नै हो । यस्तो प्रवृत्ति सुधार गर्न जरुरि छ बरु देशको लागि आन्तरिक बहसमा जुट्न जरुरि छ ।

हजुरबुबाहरुले सम्हालेको पार्टी र देशबाट युवा वर्गको आवश्यकता, समस्या समाधान होलान भनेर आश गर्नु भनेको “आकाशको फल आँखा तरि मर” भने जस्तै हो । थाकेका, गलेका र निराश अवस्थामा पुगेका हजुरबुबा र बाहरुको समुहलाई अब आराम दिनुपर्छ, यो युवा पुस्ताको जिम्मेवारि र कर्तव्य हो, युवा पुस्ताले घर नसम्हाले कसले समहाल्ने? अशक्त हुनु भएका बा, हजुरबुवाहरुलाई आराम गर्न नदिई यसरी नै काममा लगाई दुःख दियौ भने यसको पापको भारि पुस्तौपुस्ताले बोक्न तयार हुनुपर्छ भने पुरानो पुस्ताले पनि युवाको हातमा सत्ता सुम्पिन तयार हुनुपर्छ ।यसबारे युवा जमातले साच्चै नै ठण्डा भएर सोच्ने समय आएको छ ।

यसको अर्थ राजनीतिक आस्था नै राख्नु हँदैन भन्ने अवश्य पनि होइन तर जुन कुरामा पनि आँखा चिम्लेर ताली पिट्ने र खराब कुरालाई पनि सहि हो भनी हिड्ने प्रवृत्तिम सुधार हुन जरुरि छ । सहिलाई सहि र गलतलाई गलत भनेर सचेत गराउने र प्रश्न गर्ने साहस गर्नुपर्छ । यसको लागि युवाले कुनै पार्टी र व्यक्ति नहेरि तटस्थ एक जिम्मेवार नागरिक भएर सोच्नुपर्छ ।

नेपाली काङ्ग्रेस, नेपाल कम्युनिस्ट पार्टीलगायत अन्य राजनीतिक दलको नुन खाएर, गुनगान गाउँदै पार्टीको खेतला बनेर मासु, भात र मदिरासगँ आफ्नो अस्तित्वलाई बाजि राख्दै कसैको इशारामा कठपुतली भएर तलुवा चाट्दै हो मा हो मिलाउँदै खराब व्यक्तिलाई सत्ता सुम्पने साहस गर्न जरुरि नै छैन । अब पनि उनैलाई भोट दिएर चुनाव जिताई देश बनाउछु भन्नु आफ्नो खुट्टामा आफै बन्चरो हान्नु सरह हो जुन युवा जमातले यो प्रवृत्ति सुधार गर्न जरुरि छ ।

यसैबीच अब प्रश्न उठ्न सक्छ यी राजनीतिक दललाई र व्यक्तिलाई विश्वास नगरे कसलाई गर्ने ? म उहाँहरूलाई प्रश्न गर्न चाहान्छु कि के यो ३ करोडमा एउटा क्षमता र भिजन भएको कोहि छैन होला र ?जरुरत त अवसर र युवाको साथ समर्थनको आवश्यकता छ । अब हाम्रो पुस्ता र भावी सन्ततिको लागि गम्भीर भएर सोचौ देश बनाउने कि बिगार्ने ?देशको भविष्य को रेखा कोर्ने जिम्मेवारी युवा वर्गको हो, कस्तो रेखा कोर्ने तपाईं हाम्रो हातमा छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८० माघ १६, मंगलवार ०३:००
    • 1268 views
    सहिद दिवस विशेषः सहिद र शहादतको मूल्यन की अवमूल्यन ?

    १. शहिदः अहिले विश्व बजार तिर नलागौं, नेपाली बजारमा शहिद हुने र शहादत प्राप्त गर्नेको संख्या अब अगणित नै भइसकेको छ । जंगबहादुरको विरुद्ध आवाज बुलन्द गर्ने लखन थापा (वि.सं.…

    विस्तृत.....

    • २०८० पुष १७, मंगलवार २१:४१
    • 199 views
    किन स्कुल जान मन गर्दैनन् बालबालिका ?

    सधैं स्कुल गइरहेको बच्चा कहिलेकाहीं अचानक जान मान्दैनन् । स्कुल जान डराउने, रुने, कराउने, झगडा गर्ने गर्छन् । बालबालिकाको यस्तो जिद्दीको अगाडि अभिभावक पनि लाचार भएर उनीहरुको इच्छाअनुसार स्कुल पठाउँदैनन्…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *