+
+
-- Sponsored Ad --

आफूलाई पार्टीबाट हटाउने पाँच नेतालाई वामदेवले गरे कारबाही

307 पटक हेरिएको
Clock २०७९ असार १९, आईतवार १५:४७
-- Sponsored --

काठमाडौं । केही दिनअघि मात्र गठित नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफूलाई पार्टीबाट हटाउने पाँच नेतालाई निष्काशन गरेको बताउनुभएको छ ।

हस्ताक्षर गर्ने पाँचै जनालाई निष्काशन गरेको उहाँले बताउनुभएकाे हाे । आफूलाई निष्काशनको निर्णय गर्नेले माफी मागेर यसअघिका क्रियाकलाप गलत भएको स्वीकारे कारबाहीका विषयमा पुनर्विचार गरिने पनि उहाँको भनाइ छ। यसअघि शनिबार मात्र युवराज सफललगायत राष्ट्रिय अभियानमा मिसिएका चार दलका पाँच नेताले संयोजक गौतमलाई कारबाही गरेर पार्टीबाट हटाएको निर्णय गरेका थिए ।

गौतमले पनि शनिबारको बैठकबाट उनीहरुलाई कारबाही गरेको बताउनुभयाे । पार्टीमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी र आम नेपाली पार्टीको भेलाले गौतमलाई पार्टीबाट निष्काशित गरेको हो । गौतमले सांगठनिक अराजकता, निरंकुश तानाशाही शैली, अराजनीतिक व्यवहार देखाएको जस्ता आरोप लगाउँदै उनीहरुले कारबाही गरेका थिए । वामदेव गौतमले यही असार १४ गते नेकपा एकता राष्ट्रिय अभियान पार्टी घोषणा गर्नुभएको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win