0 प्रतिक्रिया
मोरङको रंगेलीमा खाल्डोभित्र युवतीको शव भेटियो
२० असार, विराटनगर । पानी जमेको खाल्डोमा युवतीको शव फेला परेको छ । मोरङको रतुवामाई नगरपालिका-२ डोरियामा पानी जमेको खाल्डोभित्र सोमबार बिहान युवतीको शव फेला परेको हो ।
अन्दाजी २५ वर्षीया युवतीको पहिचान भएको छैन । सोमबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शवलाई पोस्टमार्टमका लागि रङ्गेली अस्पताल ल्याएको प्रहरीले बताएको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --




