0 प्रतिक्रिया
मातहतका निकायलाई मन्त्रालयहरूको निर्देशन- कूटनीतिक पत्राचार परराष्ट्रमार्फत् मात्र गर्नू
२० असार, काठमाडौं । सरकारले कूटनीतिक पत्र आदानप्रदान गर्दा परराष्ट्र मन्त्रालयबाट अनिवार्य गर्ने निर्णय गरेसँगै मन्त्रालयहरुले मातहतका निकायलाई त्यसबारे निर्देशन दिएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषदको निर्णय अनुसार वैदेशिक एवम् कूटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयमार्फत गर्न विभाग, प्राधिकरण, बोर्ड, आयोग, विकास समिति र सबै महाशाखाहरुलाई निर्देशन दिएको छ ।
नेपाल सरकारको असार ६ गतेको निर्णय कार्यान्वयन गर्न भन्दै मन्त्रालयले मातहतका सबै निकायलाई यस्तो पत्राचार गरेको हो ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --




