+
+
-- Sponsored Ad --

ललितपुर महानगरले फूटपाथमै गर्‍यो वृक्षारोपण

310 पटक हेरिएको
Clock २०७९ असार २०, सोमबार १७:३८
-- Sponsored --

२० असार, ललितपुर । ललितपुर महानगरपालिकाले फुटपाथमै वृक्षारोपण गरेको छ ।

महानगरका मेयर चिरिबाबु महर्जन र नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले संयुक्त रुपमा वृक्षारोपण गरेका हुन् ।

ललितपुर वडा १५, सातदोबाटोका दुवै तर्फ, इन्द्र क्लासिक शान्ति मार्ग, श्रीनगरको क्षेत्रमा वृक्षारोपण गर्नेक्रममा पैदलयात्री हिँड्ने फुटपाथ मै वृक्षारोपण भएको हो ।

सातदोबाटो शसस्त्र प्रहरी क्याम्प पछाडिको भर्खरै बनेको फुटपाथको बीचमै वृक्षारोपण भएको हो ।

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win