नेपालमा कोरोना संक्रमणको दर भारतमा भन्दा धेरै, दैनिक १ लाख ९३ हजार संक्रमित थपिन सक्ने

काठमाडौं, बैशाख १५ । नेपालमा कोरोना भाइरसबाट बुधबार एकैदिन ४ हजार ८ सय ९७ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८ सय ७९ पीसीआर परीक्षणबा ट ४ हजार ७ सय ७४ तथा ९ सय ५५ एन्टिजेन परीक्षणबाट एक सय २३ गरी ४८ सय ९७ जना संक्रमित थपिएका हुन् ।

थपिएकामा काठमाडौं उपत्यकाका मात्रै २ हजार ४७ जना हुन् । काठमाडौंका १४ सय ६४, ललितपुरका ३ सय ५१ तथा भक्तपुरका २ सय ३२ जना हुन् । हाल सक्रिय संक्रमितको संख्या बढेर ३० हजार २ सय ९ पुगेको छ । बुधबार ७ सय ७३ जनामात्र संक्रमणमुक्त भएका छन् ।

 

संक्रमणमुक्त हुनेको संख्या घटेर ८९.३ प्रतिशत पुगेको छ । हाल ३ सय १७ जना आईसीयूमा र ९८ जना भेन्टिलेटरमा रहेका छन् । नेपालमा संक्रमणको दर भारतको भन्दा बढी रहेको पाइएको मन्त्रालयले जनाएको छ । त्यसैगरी मृत्युको दर पनि नेपालमा बढेको छ ।

नेपालमा गत हप्ताको तुलनामा यो हप्ता २ सय २८ प्रतिशतले संक्रमण बढेको डा. अर्पणा श्रेष्ठले जानकारी दिनुभयो । यदि यसलाई नरोक्ने हो भने एक महिनाभित्रै दैनिक १ लाख ९३ हजार संक्रमित नेपालमा बढ्ने आँकलन गरिएको छ । यही गतिमा संक्रमण बढे दैनिक डेढ सयको संख्यामा नेपालमा कोरोनाबाट मृत्यु हुने दाबीसमेत गरिएको छ ।

अहिले बढेको कोरोनाको दोस्रो लहरका कारण संक्रमितको २० प्रतिशत सम्मलाई अक्सिजन चाहिन सक्ने र केहीलाई भेन्टिलेटरमा रहनुपर्ने पनि बताइएको छ । संक्रमण कम गर्न मन्त्रालयले मास्कको प्रयोगसँगै सरसफाइमा समेत जोड दिइएको छ । प्रयोग गरेको मास्क ५ दिनसम्म छुट्टै राखेरमात्र सबै फोहरसँग मिसाउन पनि आग्रह गरिएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 40 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २३, बुधबार १२:४८
    • 65 views
    पर्यटन, कृषि, उद्याेग र व्यापारकाे उत्सवः समृद्ध नवलपुरका लागि आठौं महाेत्सव भन्ने नारा सहित माघ २५ देखि नवलपुर महोत्सव सुरु ।

    कावासाेतीः माघ २५ गतेदेखि फागुन १० गतेसम्म कावासोती १६ डण्डामा हुने महोत्सवको उद्घाटनमा प्रमुख अतिथिका रुपमा उपस्थित रहनुहुने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारीको हातबाट महोत्सवको समुद्घाटन  गरिने आयोजक…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *