+
+
-- Sponsored Ad --

थप ५,२९२ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्‍यु

314 पटक हेरिएको
Clock २०७८ माघ १७, सोमबार २१:२५
-- Sponsored --

१७ माघ, काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जना र ५ हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८२० जना गरी कुल ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल देशभरमा ७९ हजार २७२ सक्रिय संक्रमित छन् भने ८ हजार १९१ जना संक्रमणमुक्त भएका छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ८२ हजार ६६८ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ७४३ पुगेको छ भने ८ लाख ६२ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभरमा ७७ हजार ६६५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६०७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २८८ जना आईसीयू र ५० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ७४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १४८ जना कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकामा १ हजार ७७२ संक्रमित थपिए :

यस्तै काठमाडौं उपत्यकामा थप १ हजार ७७२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १,३६१, ललितपुरमा २७१ र भक्तपुरमा ९० जनामा कोरोना संक्रमण देखिएको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकाबाहेक सबैभन्दा धेरै कास्कीमा २६५, मोरङमा २०३, चितवनमा १६१, काभ्रेमा ११९, कैलालीमा ९३ र रुपन्देहीमा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरीमा ६७, बाँकेमा ५३, झापामा ४२, तनहुँ र नवलपरासी पूर्वमा ४०/४० जना, मकवानपुरमा ३७, धनुषामा ३५, बागलुङमा ३३, कञ्‍चनपुरमा २९, सिन्धुलीमा २६, बारामा २२ र पर्सामा२० जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win