+
+
-- Sponsored Ad --

नेपाल र क्यानाडा भिड्दै

354 पटक हेरिएको
Clock २०७९ असार २१, मंगलवार १२:१८
-- Sponsored --

काठमाडौं । क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मंगलबार घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ ।

पहिलो एकदिवसीय अन्तर्गत मंगलबार नेपालले क्यानाडासँग नेपाली समयानुसार राति पौने १० बजे प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल र क्यानाडा पहिलो खेलमा जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्न चाहन्छन् ।

स्कटल्याण्डमा आयोजना हुन लागेको एक दिवसीय श्रृंखलाको तयारीका लागि सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोलीले एक हप्ताअघिबाट क्यानाडामा अभ्यास गरिरहेको छ ।

यसअघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जितेको थियो ।

क्यानाडाको राष्ट्रिय टिमसँग आज मंगलबार र भोलि बुधबार दुई एकदिवसीय अभ्यास खेल्नेछ । त्यसपछि क्यानाडाबाट नै नेपाली टोली स्कटल्याण्डमा आयोजना हुने आईसीसी पुरुष विश्वकप लिग टूको लागि प्रस्थान गर्नेछ ।

स्कटल्याण्डमा नेपालले समूहमा बलियो मानिएका दुई टिम आयोजक स्कटल्याण्ड र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win