बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

  • समाचार
  • २०७८ भाद्र १९, शनिबार ०८:१८

पाल्पा : पाल्पामा बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। रिब्दीकोट गाउँपालिका–६ ठिमुरेका हरि भनिने २५ वर्षीय हर्कबहादुर विकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।

तिनाउ गाउँपालिकाकी एक बालिकालाई उनले गत असार १५ मा बलात्कार गरेको आरोप छ। मदिराले पिएका हरिले बालिकालाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको त्वातीले बताए।

ती बालिका आफन्तको घरमा बस्दै आएकी थिइन्। केही दिनअघि ती बालिकालाई पेट दुखेपछि स्वास्थ्य संस्थामा पुगेर परीक्षण गर्दा गर्भवती भएको पाइएको हो। त्यसपछि घटनाबारे थाहा भएको त्वातीले बताए।

आफन्तको डरले ती बालिकाले आफूमाथि बलात्कार घटना लुकाएकी थिइन्। पेट दुखेपछि आफन्तसँगै उनी उपचार गर्न स्वास्थ्य संस्थामा पुगिन्। त्यही क्रममा उनीमाथि भएको बलत्कार भएको घटना बाहिरिएको त्वातीले बताए।

डाक्टरको सल्लाहअनुसार नै बालिकाका आफन्त प्रहरीमा उजुरी दिन पुगेका थिए। बिहिबार सूचना प्राप्त हुनसाथ पीडकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जबरजस्ती करणी मुद्दा दर्ता गरेर घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ।

सम्बन्धित समाचारहरूः

  • २०८१ फाल्गुन ४, आईतवार १८:१२
  • 40 views
१ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

विस्तृत.....

  • २०८१ माघ २०, आईतवार २२:५३
  • 106 views
अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

२० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *