0 प्रतिक्रिया
प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर २ गते गर्न सुझाव
२२ असार, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर २ गते शुक्रबार एकै चरणमा गर्न सरकारलाई सुझाव दिएको छ ।
बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले मंसिर २ मा निर्वाचन गर्न सुझाव दिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनकारी दिएका छन् ।
आयोगले २०७४ सालको निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पदावधि आगामी २०७९ मंसिर २२ गते पूरा हुने निश्कर्ष निकालेको छ ।
आयोगले ३० वैशाखमा भएको स्थानीय तह निर्वचनको अनुभवका आधारमा एकै चरणमा निर्वाचन गर्न उपयुक्त हुने सुझाव पनि दिएको छ । ‘एकै चरणमा निर्वाचन गर्दा निर्वाचन निष्पक्ष, स्वतन्त्र, मितव्ययी र विश्वसनीय हुने आयोगको अनुभव रहेको छ’ आयोगका प्रवक्ता पौडेलले भने ।
आयोगले विद्युतीय मतदन यन्त्र प्रयोग गर्ने भए साउन मशान्तभित्र आयोगलाई उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ ।




