0 प्रतिक्रिया
निर्दोष सावित भए शर्मा नै अर्थमन्त्री बन्नुहुन्छ : वर्षमान पुन
२२ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थमन्त्री जर्नादन शर्माले संसदीय छानबिनलाई सघाउन राजीनामा दिएको भन्दै निर्दोष सावित भए पुनः अर्थ मन्त्रालयमा फर्किने बताएका छन् ।
‘अहिले छानबिनका लागि उहाँले मार्ग प्रशस्त गर्नुभएको हो,’ संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘छानबिन हुन्छ । उहाँले निर्दोष छु भन्नुभएको छ। उहाँ निर्दोष हो भने उहाँ नै अर्थमन्त्री हुनुहुन्छ । अर्को कोही मान्छे अहिले पठाउँदैनौं ।’
पुनले थपे, ‘भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा बजेट लिक भयो भनेर संसदमा आवाज उठ्यो, समिति बन्यो तर उहाँले राजीनामा दिनुपरेन । अर्थमन्त्रीजीले उच्च नैतिकता देखाउनुभएको छ। छानबिनलाई सहयोग गर्छु भन्नुभएको छ, त्यो स्वागतयोग्य कुरा हो ।’
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



