
६ माघ, काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा शुक्रबार बिहानैबाट प्रभावित भएको उडान–अवतरण सामान्य बन्दै गएको छ ।
काठमाडौं विमानस्थलमा बिहान भिजिविलिटी १५ सय मिटर भन्दा कम हुँदा अधिकांश आन्तरिक र बाह्य उडानका जहाजको उडान प्रभावित भएको थियो ।
अहिले भने होल्डमा रहेका सबै जहाज अवतरण भइसकेका छन् । आज बिहान नेपालगन्जबाट आएको श्री एयरलाइन्सको जहाजलाई भद्रपुर पठाइएको थियो ।
क्वालालाम्पुरबाट आएको जहाजलाई कोलकाता पठाइएको थियो । अन्य उडानका जहाज भने होल्डपछि अवतरण भएका छन् ।