+
+
-- Sponsored Ad --

भिजिविलिटी बढेसँगै काठमाडौंमा उडान–अवतरण सामान्य हुँदै

296 पटक हेरिएको
Clock २०७९ माघ ६, शुक्रबार १५:०३
-- Sponsored --

६ माघ, काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा शुक्रबार बिहानैबाट प्रभावित भएको उडान–अवतरण सामान्य बन्दै गएको छ ।

काठमाडौं विमानस्थलमा बिहान भिजिविलिटी १५ सय मिटर भन्दा कम हुँदा अधिकांश आन्तरिक र बाह्य उडानका जहाजको उडान प्रभावित भएको थियो ।

विमानस्थल कार्यालयका अनुसार अहिले भिजिविलिटी ३ हजार मिटर पुगेको छ । जसले गर्दा उडान सामान्य बनेको छ । यसअघि अवतरण गर्ने जहाजहरु भीएफआर प्रणालीबाटै अवतरण गराउनु परेको छ । जसले गर्दा अवतरणलाई केही समय लाग्ने हुँदा आकाशमा जहाजहरु लाइनमा बस्नु परेको थियो ।

अहिले भने होल्डमा रहेका सबै जहाज अवतरण भइसकेका छन् । आज बिहान नेपालगन्जबाट आएको श्री एयरलाइन्सको जहाजलाई भद्रपुर पठाइएको थियो ।

क्वालालाम्पुरबाट आएको जहाजलाई कोलकाता पठाइएको थियो । अन्य उडानका जहाज भने होल्डपछि अवतरण भएका छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win