0 प्रतिक्रिया
काठमाडौंमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु
२३ असार, काठमाडौं । काठमाडौंका सानोभर्याङ र शंखरापुरमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
सानोभर्याङमा आज बिहान २ बजे बा ९५ प ९७२३ नम्बरको स्कुटर अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किएर पल्टिँदा स्कुटरको पछाडि सवार चितवनका अर्जुन लोहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी काठमाडौंको शंखरापुर नगरपालिका–९ खुलालटारमा बा ५८ प ६५५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय ४५ वर्षीय दीपक केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



