प्राधिकरण प्रमुख घिसिङलाई टेलिफोन गरि विद्युत नियमित गराउन, हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको कामलाई जतिसक्दो चाडो सम्पन्न गर्न अनुरोध गरिएको हो । प्राधिकरण प्रमुख घिसिङले जिल्लामा भएका समस्यावारे बुझेर समस्या समाधानमा पहल गर्ने बताएका छन् ।
एनसञ्चार अनलाईन संवाददाता, साउन १८, नवलपुर : विद्युत छिनमा आउने र छिनमै जाने समस्याले हैरान भएका नवलपुर वासिले लामो समय वित्दा समेत समस्या समाधान नभएको बताएका छन्। एकैदिन दर्जनौंपटक विद्युत आउने र जाने समस्याले विषेशगरि नवलपुरको कावासोति नगरपालिका र यस आसपासको क्षेत्रका सेवाग्राही मारमा परेको गुनासो आएपछि एनसञ्चार अनलाईनले यसवारे नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङसँग समस्या समाधान तर्फ पहल गरिदिन आग्रह गरेको छ ।
झ्याप्प आउने र झ्याप्प जाने विद्युतले विद्युतीय उपकरणमा क्षति पुगेको र नियमित काम गर्न नसकिएको सेवाग्राहीको गुनासो आएपछि समस्या समाधान गरिदिन प्राधिकरणका प्रमुख कुलमान घिसिङसमक्ष अनुरोध गरिएको हो। दिनमा दर्जनौंपटक विद्युत जाने र आउने समस्याका विषयमा यस अघिनै एनसञ्चार अनलाईनबाट समाचार सार्वजनिक भएको थियो ।
यो पनि…
उपभोक्ता आक्रोशित,कार्यालय प्रमुख भन्छन् : “सिस्टम बाटै समस्या”
बुधबार प्राधिकरण प्रमुख घिसिङलाई टेलिफोन गरि विद्युत नियमित गराउन, हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको कामलाई जतिसक्दो चाडो सम्पन्न गर्नपनि अनुरोध गरिएको हो ।
प्राधिकरण प्रमुख घिसिङले जिल्लामा भएका समस्यावारे जिल्ला स्थित प्राधिकरण कार्यालयमा बुझेर समस्या समाधानमा पहल गर्ने बताएका छन् । नेपाल विद्युत्त प्राधिकरण कावासोति शाखाका शाखा प्रमुख अमित कुमार कर्णले भने भरतपुर–बर्दघाट १३२ केभी प्रसारण लाइन ओभरलोड हुनाले यो समस्या आईरहेको साथै विभिन्न ठाउँमा विद्युत्तको काम भैरहेकोले पनि त्यस्तो हुन गएको बताएका छन् ।

