+
+
-- Sponsored Ad --

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज बस्दै

310 पटक हेरिएको
Clock २०७९ असार २३, बिहीबार ११:३२
-- Sponsored --

काठमाडौं । संघीय संसद अन्तर्गत आज बिहीबार दुवै सदनको बैठक बस्दैछ ।

राष्ट्रिय सभाको बैठक दिउँसो ११ बजे बस्नेछ भने प्रतिनिधि सभाको बैठक दिउँसो २ बजे बस्नेछ ।

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७/०७८ पेस गर्ने, गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने, सभामुख अग्निप्रसाद सापकोटाले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९, सम्बन्धी समितिको प्रतिवेदन र विधेयकका दफाहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने, गृहमन्त्री खाँणले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने, खानेपानीमन्त्री उमाकान्त चौधरीले विकास तथा प्रविधि समितिको प्रतिवेदन सहितको खानेपानी तथा सरसफाई विधेयक, २०७५ माथि छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने, खानेपानी तथा सरसफाई विधेयक, २०७५ लाई पारित गरियास् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यस्तै कानून न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोईरालाले कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यस्तै, आजको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ लाई सभासमक्ष टेबुल गर्ने कार्यतालिका रहेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win