+
+
-- Sponsored Ad --

नेपालीको रोजाइमा अस्ट्रेलिया किन ?

311 पटक हेरिएको
Clock २०७९ असार २३, बिहीबार ११:३५
-- Sponsored --

लगभग ३ अरब जनसंख्याका साथ विश्वको सब भन्दा धेरै जनसंख्या भएका नेपालको उत्तरी र दक्षिणी छिमेकी चीन र भारत, अस्ट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थीका सबभन्दा ठूला स्रोत मुलुक हुन।

यसमा कुनै सन्देह छैन। तर जम्माजम्मी ३ करोड भन्दा कम जनसंख्या भएको हाम्रो मुलुक नेपाल २ करोड ५० लाख जनसंख्या भएको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थीका लागि तेस्रो स्रोत मुलुक हो भन्दा धेरैले नपत्याउन सक्छन् तर वास्तविकता यही हो।

गत साता मात्र अस्ट्रेलियाली सरकारले प्रकाशित गरेको प्रारम्भिक तथ्याङ्क अनुसार अस्ट्रेलियामा स्थायी बसोबास गर्ने नेपालीको संख्या १ लाख २२ हजार ५ सय ६ जना रहेको छ।

यस्तै घरमा अंग्रेजीपछि नेपाली भाषा बोलिनेको संख्या १ लाख ३३ हजार ६८ रहेको छ। यी त भए आधिकारिक तथ्याङ्क। यसमा अन्तर्राष्ट्रिय नेपाली विद्यार्थीको संख्या जोड्दा यो ३ लाख भन्दा बढी हुन आउँछ।

किनभने द सिड्नी मर्निङ हेराल्डले २०१९ अक्टोबरमा नेपाली विद्यार्थीसम्बन्धी प्रकाशित एक समाचारमा ६६ हजार नेपाली विद्यार्थीले अस्ट्रेलियाका विभिन्न शैक्षिक संस्थानमा प्रवेश लिएको कुरा लेखेको थियो।

अस्ट्रेलियाको संघीय सरकारको शिक्षा विभागले दिएको प्रतिवेदनअनुसार नेपाली विद्यार्थीले अस्ट्रेलियाको शैक्षिक अर्थव्यवस्थामा २ बिलियन डलरको योगदान दिएका छन्।

नेपाली विद्यार्थी कुन रूपमा अस्ट्रेलिया ओइरो लागिरहेका छन् भन्ने कुराको अनुभूति यस पंक्तिकारले आफ्नो हालै भएको अस्ट्रेलिया भ्रमणमा अनुभूत गरेको थियो। काठमाडौँ–सिङ्गापुर बोइङ ए ७८७–८ को वाइडबडी ठूलो जहाजको उडानमा अधिकांश यात्री १८ देखि २२ वर्षबीचका थिए।

उनीहरू सबै अस्ट्रेलिया अध्ययनका लागि भनेर जाँदै थिए। यहाँनिर ‘भनेर’ भन्ने शब्द किन जोडियो भने कुनै पनि सामान्य नेपाली विद्यार्थीले अस्ट्रेलियाली शैक्षिक संस्थानहरूको चर्को शैक्षिक शुल्क तिर्न सक्दैनन्।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win