+
+
-- Sponsored Ad --

साझाका विद्युतीय बसमा सरर…

345 पटक हेरिएको
Clock २०७९ असार २३, बिहीबार १७:३४
-- Sponsored --

साझा यातायातले विद्युतीय बस सञ्चालनमा ल्याएको छ। 

बिहीबार साझा यातायातले तीन विद्युतीय बस सञ्चालनमा ल्याएको साझा यातायातका महेन्द्रराज पाण्डेयले जानकारी दिए।

बसको ‘सफ्ट लञ्च’ साझा यातायातका संस्थापक अध्यक्ष ८५ वर्षीय विश्वबन्धु थापाले गरेका हुन्।  

थापाले बसहरू राजधानी उपत्यकाको सार्वजनिक यातायात प्रणालीमा समावेश गरिएको बताए।

विद्युतीय साझा बसमा महिला चालक र सहचालक छन्। ती बसहरू चीनको नानजिंगस्थित सिएचटिसिएचओ कम्पनीबाट ल्याइएको हो।

ती बिजुली बसले बिहीबारदेखि काठमाडौंमा सेवा थालेका छन्। पहिलो चरणमा ल्याइएका बिजुली बसले साझाले नियमित सेवा दिंँदै आएका रूटमा सेवा थालेको पाण्डेयले बताए।

साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले परीक्षणको रूपमा हाल तीन वटा बस सञ्चालनमा ल्याए पनि ३७ थान २०७९ साउन मसान्तसम्म भित्रिने योजना रहेको बताए। 

‘अब बाँकी ३७ वटा बस पनि आउने छ,’ उनले भने, ‘सरकारी विशेषज्ञले परीक्षण गरेर अनुमति दिएका यी बसले काठमाडौंमा भरपर्दो सेवा दिनेमा विश्वास छ।’

झाले प्रति बस डेढ करोड रुपैयाँमा सिएचटिसिएचओसँग किनेको हो। साझा यातायातले ४० वटा विद्युतीय बस ल्याउन करिब ६१ करोड रुपैयाँ खर्चिंदै छ।

हालको बस नौ मिटर लामो बस छ। पछि १२ मिटर लामो र अन्तरप्रदेश चल्ने विद्युतीय बसहरू समेत ल्याउने साझाको योजना रहेको दिक्षितले बताए।

‘हाल सञ्चालनमा आएका बसले २५ वटा सिटको सेवा दिन थालेको छ’, उनले भने, ‘ती बसमा वाइफाइ, टिभी डिस्प्ले, सिसी क्यामेरा लगायतका विशेषता पनि छन्। अपांगहरू चढ्न मिल्ने र्‍याम्पसहितको सुविधा पनि छ।’

दुई बस नयाँबसपार्क, बालाजु, ठमेल, रत्नपार्क-सिंहदरबार बानेश्वर- मिनभवन हुँदै एयरपोर्ट रूटमा सञ्चालन हुनेछन् भने लगनखेल-लैनचौर-बाँसबारी हुँदै बुढानिलकण्ठ रूटमा एउटा बस सञ्चालनमा आउने छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win