+
+
-- Sponsored Ad --

बुढीगंगा नगरपालिकामा मतगणना जारी

265 पटक हेरिएको
Clock २०७९ असार २४, शुक्रबार १३:४१
-- Sponsored --

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा बिहिबार सम्पन्न भएको निर्वाचनको मतगणना शुक्रबार मध्याह्न १२ बजेदेखि सुरू भएको छ ।

मतगणना भानोदय नमुना माध्यमिक विद्यालयमा सुरु भएको हाे । बिहान ८ बजेदेखि नै मतगणना सुरु गर्ने भनिएपनि करिब ४ घण्टापछि सुरु भएकाे छ । अहिले शान्तिपूर्ण रुपमा मतगणना भइरहेको निर्वाचन अधिकृत लक्ष्मण कडायतले बताउनुभयो ।

बुढीगंगामा १३ हजार ६ सय ५९ जना मतदातामध्ये ९ हजार १ सय २८ अर्थात ६६ दशमलव ८३ प्रतिशत मतदान भएको थियो।बुढीगंगामा गत वैशाख ३० गते नै स्थानीय चुनाव भएपनि बुथ कब्जा भएको भन्दै विरोध भएपछि निर्वाचन आयोगले बिहीबार पुनः चुनाव भएकाे हाे ।

बुढीगंगाको मेयरमा कांग्रेसबाट रङ्गबहादुर खाती र नेकपा एमालेबाट रामबहादुर बानियाँले उम्मेदवारी दिनुभएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win