
२९ साउन, काठमाडौं । काठमाडौं सडक र फुटपाथमा थुप्रिएकाे फोहोर वर्षाले गर्दा छरपस्ट भएकाे छ ।
काठमाडौंका पुतलीसडक, जमल, सिनामंगल, बागमती नदीकिनारमा रहेकाे फोहोर पानीमा डुबेर छरपस्ट भएकाे छ । काठमाडौं महानगरपालिकाकाे फोहोर सहज ढंगले नउठेको एक महिनाभन्दा धेरै भइसकेको छ ।
धेरैपछि शनिबार फोहोर बोकेका गाडी बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका छन् । ठूलो संख्यामा प्रहरी तैनाथ गरेर फोहोर बञ्चरेडाँडा लगिएको थियो ।
काठमाडौंकाे फोहोर व्यवस्थापन गर्न महानगरका ७५ गाडी र त्यति नै मात्रामा अरु पालिकाहरूबाट पनि दैनिक उत्सर्जन हुने भएकाले दैनिक रुपमा १५० गाडी फोहोरको व्यवस्थापनमा हुनुपर्ने बताएका छन् ।